Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय विदेशमन्त्री एस जयशंकरले चिनियाँ प्रतिनिधिमण्डलको नेपाल भ्रमणबारे आफूसित कुनै कुरा नगरेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा उनले भारतीय विदेशमन्त्रीले सो विषयमा कुनै चासो नराखेको बताएका हुन् । बिहीबार एकैदिन जयशंकर र चिनियाँ अधिकारी नेपाल भ्रमणमा आएका छन् ।

जयशंकर नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन काठमाडौं आएका हुन् । उनी आजै स्वदेश फर्कने कार्यक्रम छ । चिनियाँ अधिकारीको भ्रमणबारे औपचारिक जानकारी गराइएको छैन । जयशंकरले आफूसित ‘वान टु वान’ वार्तामा समेत चिनियाँ अधिकारीको भ्रमणबारे कुनै प्रश्न नगरेको प्रधानमन्त्रीले स्पष्ट पारे । “भारतीय विदेशमन्त्रीले चीनको प्रतिनिधिमण्डल आउनेबारे मसँग कुरा गरे भने सत्य हैन । एक शब्द पनि उहाँले उच्चारण गर्नुभएको छैन,” उनले भने, “मसँग अनौपचारिक वान टु वान कुरा हुँदा पनि यो विषयमा प्रश्न, चासो उहाँले राखेको हैन । प्रस्ट हुन अनुरोध गर्छु, यो गलत चर्चा हो ।”

बैठकमा त्यसअघि नेकपा (एमाले)का सांसद रघुजी पन्तले चीनका अधिकारी नेपाल आएको विषयमा भारतीय विदेशमन्त्रीले असन्तुष्टि पोखेको जिकिर गरेका थिए । “चीनको पदाधिकारी आएकोमा असन्तुष्टि उहाँ (एस जयशंकर)ले पोख्नुभयो । कूटनैतिक दृष्टिकोणले ठिक भएन,” उनले भने, “नेपाल सार्वभौम भएकाले आउन पाउँछन् ।”

 

तपाईको प्रतिक्रिया