Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज भैरहवामा नागरिक अभिनन्दन गरिएको छ । पूर्व राजा शाहलाई आज स्थानीय नागरिक अभिनन्द समितिले विशेष अभिनन्दन गरेको हो । अभिनन्दन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह सहित, पूर्वरानी कोमल राज्य लक्ष्मी, छोरी प्रेरणा सहभागी भएका छन् । अभिनन्दन कार्यक्रममा विभिन्न ठाउँबाट स्वतःस्फूर्त रूपमा सहभागी भएका नागरिक तथा विभिन्न सङ्घ संस्थाले झाँकी तथा सांस्कृतिक प्रस्तुति गरेका छन् ।

नागरिक अभिनन्दन समारोह मूल आयोजक समिति भैरहवाका संयोजक डा.  रामप्रसाद बस्यालले जनताले राजालाई मुलुकको अभिभावकको रूपमा चाहेको बताए । कार्यक्रममा ‘राजा आउ देश बचाउ’ लगायतको नारा लगाइएको थियो ।

पूर्वराजा शाह गत पुस ८ गते भैरहवा आइपुगेका हुन् । उनी भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बसेर धार्मिक तथा व्यक्तिगत भेटघाटलाई तीव्रता दिएका छन् ।समारोहमा एमाले, कांग्रेस, माओवादी, तराई केन्द्रित दलका स्थानीय नेता कार्यकर्ताको सहभागिता छ ।शाहलाई यसअघि नवलपरासीको बर्दघाटमा पनि सम्मान गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया