Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ –  भारतका विदेशमन्त्री डा. एस. जयशङ्करले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारमा भएको भेटवार्तामा दुईपक्षीय सम्बन्धका बिषयका कुराकानी भएको थियो । भेटमा द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार रुपक सापकोटाका अनुसार प्रधानमन्त्री प्रचण्ड र विदेशसचिव जयशंकरबीच केहीबेर ‘वान अन वान’ समेत कुराकानी भएको थियो । उनले भने, ‘त्यो भेटमा पनि दुई देशको सम्बन्ध विस्तार र सहमति तथा समझदारीहरु कार्यान्वयनकै विषयमा कुराकानी भएको बुझेको छु ।’

तपाईको प्रतिक्रिया