Deneme Bonusu Veren Siteler
शनिबार, चैत्र ०१, २०८१
Saturday, March 15, 2025

टोकियो – अंग्रेजी नयाँ बर्ष २०२४ को अवसर पारेर काँडेबास सेवा समाज जापानको छैंठौं महाधिवेशन हालै सम्पन्न भएको छ । अधिवेशनबाट कर्णबहादुर केसीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।
नयाँ वर्षको शुभकामना आदान प्रदानसंगै भएको अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति सर्बसम्मत गठन गरेको हो ।

नवगठित कार्यसमितिको उपाध्यक्षहरुमा बिपिन कँडेल, बलबहादुर केसी (बिपिन) र झविन्द्र कँडेल रहनुभएको छ । यसैगरी सचिवमा गोम बुढाथोकी सहसचिवमा तेजिन्दबहादुर पुन, कोषाध्यक्षमा माधवराज शर्मा, सहकोषाध्यक्षमा चित्रबहादुर केसी रहनुभएको छ ।

यसैगरी सदस्यहरुमा प्रविण कँडेल, बुद्धि कँडेल, सुवास कँडेल, हरि केसी, लक्ष्मण चालिसे, नविन कँडेल, सूर्य चालिसे, हिरालाल कँडेल, भिमसिंह बुढाथोकी, कोपिल कँडेल, सुमित शर्मा, हिरा गौतम, रनमाया बुढाथोकी, सुनिता तिमिल्सिना कँडेल र रिता गौतम चयन हुनुभएको छ ।

यसैगरी सल्लाहकारहरुमा टोपबहादुर सलामी, बाबुराम सापकोटा, सैलिन्द्र कँडेल, छविलाल गौतम, मित्र बुढाथोकी, हिमाल कँडेल र टोपलाल कँडेल चयन हुनुभएको छ ।

अंग्रेजी नयाँवर्षको पूर्वसन्ध्यामा अर्थात डिसेम्बर ३१ को साँझ टोकियो, इताबासीमा भएको सो अधिवेशन तत्कालिन अध्यक्ष बुद्धि कँडेलको सभापतित्व र निजी भ्रमणका लागि जापान आउनुभएका जिपलाल गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । अधिवेशन समारोहमा सल्लाहकार टोपबहादुर सलामीको स्वागत मन्तब्य रहेको थियो भने सचिव सुबास कँडेलको सञ्चालन रहेको थियो ।

सन् २०१५ मा स्थापित काँडेबास सेवा समाज जापानले आफ्नो गाउँठाउँमा भईपरि आउने आकस्मिक र आपतकालिन अवस्थामा उद्वार कार्यहरु गर्नुका साथै विभिन्न सामाजिक, आर्थिक तथा स्वास्थ्य क्षेत्रमा सहयोग पुर्‍याउँदै आईरहेको छ । बागलुङ जिल्ला गलकोट नगरपालिका वडा नं ८ काँडेबास क्षेत्रबाट जापान आई विभिन्न पेशा, ब्यवसाय, रोजगारी, अध्ययन, अनुसन्धानमा संलग्न नेपालीहरुलाई समेट्दै आपसी भाइचारा, सहयोग, सहकार्य र सम्बन्धको बिस्तार गर्दै विदेशीभूमिमा आईपर्न सक्ने संभावित समस्याहरुलाई सामुहिक प्रयासद्वारा समाधान गर्दै जाने समाजको उद्देश्य रहेको बताईएको छ ।

आगामी दिनहरुमा पनि जापानमा रहनुभएका समस्त काँडेबास क्षेत्रका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई गोलबन्द गर्दै जाने र भईपरी आउने समस्याहरुमा सक्दो सहयोग पुर्‍याउने लक्ष रहेको नवनिर्वाचित अध्यक्ष कर्ण केसीले समुद्रपारिलाई बताउनुभयो ।***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया