Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतीय बिदेश मन्त्री एस जयशंकर नेपाल आइपुगेका छन्। दुई दिने नेपाल भ्रमणमा आएका बिदेश मन्त्री जयशंकरलाइ परराष्ट्र मन्त्री एनपी साउदले स्वागत गरेका छन्। बिदेश मन्त्री एस जयशंकर नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन आइपुगेका हुन् ।

बैठकमा सहभागी हुन भारतका विदेश सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयको नेपाल र भुटान डेस्क सहसचिव अनुराग श्रीवास्तव पनि काठमाडौं आइपुगेका छन्। काठमाडौं उत्रेलगत्तै मन्त्रीको टोलीले भेटघाट सुरु गरेको छ। सन् १९८७ मा संयुक्त आयोग गठन भएको थियो। आयोगको बैठकमा नेपाल-भारत द्विपक्षीय सम्बन्धका सबै पक्षको समीक्षा गरिँदै आएको छ।

तपाईको प्रतिक्रिया