Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जिल्ला अदालत काठमाडौँबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार म्याद थपका लागि अदालत लग्दा सिन्धुपाल्चोकका कमल खड्का हतकडीसहित फरार भएका थिए। उनलाई आज बिहान काठमाडौँको जडीबुटीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए।

खड्का डलर साट्ने बहानामा लुटपाट गरेको आरोपित हुन्। महाराजगन्ज वृत्तको टोलीले म्याद थपका लागि उनलाई बुधबार दिउँसो जिल्ला अदालत काठमाडाैँ लगेका बेला हतकडीसहित भागेका थिए। ‘उनलाई आज बिहान प्रहरीले जडीबुटीबाट नियन्त्रणमा लिई पुनः हिरासतमा राखेको छ’, एसपी ढुंगेलले भने।

 

 

तपाईको प्रतिक्रिया