Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतीय विदेशमन्त्री एस जयशंकर नेपालको दुई दिने भ्रमणका लागि आज आउँदैछन् । उनी बिहान ९ः२० भारतीय विशेष विमानमार्फत आउनेछन् । १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गर्ने कार्य तालिका रहेको छ । आजै ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई शीतल निवास पुगेर भेट गर्ने तय भएको छ। यस्तै १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेट गर्ने तालिका रहेको छ ।

मन्त्री जयशंकर १ बजे याक एण्ड यतिमा परराष्ट्रमन्त्री एनपी साउँदसँग वार्ता हुनेछ । आजे सवा १ बजे याक एण्ड यतिमा नेपाल-भारत आयोगको सातौँ बैठकमा सहभागी हुनेछन् । पौने २ बजे विभिन्न सम्झौता पत्रमा हस्ताक्षर गर्ने तालिका रहेको छ । ३ः ४० मा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्ने र साढे ४ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्य तालिका रहेको छ ।

 

तपाईको प्रतिक्रिया