Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूले पूर्वराजा ज्ञाने‍न्द्र शाहसँग सामूहिक भेट गरेका छन् । बुधबार भैरहवा पुगेर राप्रपाका नेताहरूले पूर्वराजा शाहसँग कुराकानी गरेका हुन् ।

पूर्वराजा शाहकै आग्रहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू अध्यक्ष राजेन्द्र लिङ्देनका साथै बुद्धिमान तामाङ, रवीन्द्र मिश्र, धवल शमशेर राणा र दीपक सिंहले भैरहवा पुगेर भेट गरेको बुझिएको छ । उनीहरूले पूर्व राजा ज्ञानेन्द्रसँग बिहानको खानासँगैको छलफल गरेर आज काठमाडौँ फर्किने बताइएको छ ।

राप्रपाले यसअघि नै फागुन ७ गते देखि आन्दोलन गर्ने घोषणा गरेका बेला ज्ञानेन्द्रले उनीहरूसँग सोही विषयमा छलफल गर्न बोलाएको हुनसक्ने अनुमान गरिएको छ ।

ज्ञानेन्द्रले आफ्ना नाति हृदयन्द्र शाहसँगै गत शनिवार कपिलवस्तुको शिवराज नगरपालिका—३ खरेन्द्रपुर चोकमा पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका थिए । यसलाई उनले हृदयन्द्रलाई राजाको रूपमा स्थापित गर्ने गरी उनले अगाडी बढाउन खोजेको रूपमा विश्लेषण गरिरहेका छन् ।

भेटमा आफू ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्ने र सबैलाई एकताको सूत्रमा बाँध्ने काम गरिरहेको बताएको राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

तपाईको प्रतिक्रिया