Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सन् २०२३ काे नोभेम्बरसम्म अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा गरी एक करोड १९ लाख ४८ हजारले यात्रा गरेका छन् ।

यसअवधिमा अन्तर्राष्ट्रिय उडानतर्फ ४१ लाख ९४ हजार २९३ जनाले यात्रा गरेका छन् । उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् यात्रा गरेका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो संख्या सन् २०२२ को तुलनामा ४१ प्रतिशतले बढी हो । २०२२ मा २९ लाख ४५ हजार ५४० जनाले हवाई यात्रा गरेका थिए । हाल नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या ३० रहेको छ । नेपालबाट १६ देशका ३३ वटा अन्तर्राष्ट्रिय गन्तव्यहरूमा नियमित उडान भइरहेको छ ।

आन्तरिकतर्फ २०२३ को नोभेम्बरसम्म ७७ लाख ९४ हजार २१७ जनाले हवाई यात्रा गरेका छन् । यो संख्या २०२२ को तुलनामा ३७ प्रतिशतले बढी हो । २०२२ मा आन्तरिकतर्फ ५६ लाख ६८ हजार ९१४ जनाले यात्रा गरेका थिए । प्राधिकरणबाट २१ वटा वायुसेवा कम्पनीले सञ्चालन अनुमति पाए पनि हाल १९ वटा कम्पनीले मात्र उडान गरिरहेका छन् । देशभर विमानस्थलको संख्या ५५ पुगेको छ ।

यसमध्ये ३५ वटा विमानस्थलहरू आन्तरिक हवाई सेवा सञ्चालनमा जोडिएका छन् ।

तपाईको प्रतिक्रिया