Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी (नाउपा)को पहिलो महाधिवेशन यही पुस २६ गतेदेखि कैलालीको टीकापुरमा हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’मार्फत महाधिवेशनको उद्घाटन गराउने र राजनीतिक दलका शीर्ष नेताहरूसँगै भारतीय जनता पार्टी (भाजपा)का नेतालाई समेत सहभागी गराउने नाउपाको तयारी छ ।

बुधबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नाउपाका संरक्षक रेशम चौधरीले यही पुस २६, २७ र २८ गते टीकापुरमा पार्टीको प्रथम महाधिवेशन हुन लागेको जानकारी दिएका छन् । महाधिवेशनमा प्रधानमन्त्री ‘प्रचण्ड’सहित सबै पार्टीका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको संरक्षक चौधरीले बताए ।

उनका अनुसार महाधिवेशनको उद्घाटन सत्रमा भारतीय जनता पार्टी (भाजपा)को प्रतिनिधिको समेत सहभागिता रहनेछ । महाधिवेशनको उद्घाटन भने प्रधानमन्त्री ‘प्रचण्ड’ले गर्ने चौधरीको बताएका छन् ।महाधिवेशनमा देशका ५२ जिल्लाबाट ८ हजार प्रतिनिधिहरू सहभागी हुने छन् ।

 

तपाईको प्रतिक्रिया