बिहिबार, फाल्गुण १७, २०८०
Thursday, February 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पाेखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मकैकाे खाेया हान्ने लमजुङका सन्तोष रानाभाट साधारण तारेखमा छुटेका छन् । हिजो मंगलबार कास्कीका प्रमुख जिल्ला अधिकारीले साधारण तारेखमा छाड्ने आदेश गरेपछि १० औं दिनमा उनी छुटेकाे कास्की प्रहरी प्रमुख एसपी माेहन थापाले जानकारी दिए ।

लामिछानेले पाेखरा अमरसिंह चाैरमा भाषण गरिरहँदा ७ मंसिरमा रानाभाटले मकैकाे खाेया प्रहार गरेपछि प्रहरीले पक्राउ गरेको थियो । ‘अनुसन्धानमा उनकाे नियत र कतैबाट परिचालित भन्ने खुलेन’ एसपी थापाले भने ।

तपाईको प्रतिक्रिया