Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ। फाइनलमा कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै सशस्त्रले उपाधि जितेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा पहिले ब्याटिङ गर्दै एपीएफले ७ विकेटको क्षतिमा ११४ रन बनायो । इन्दू बर्माले ४७ बलमा ५३ तथा ज्योती पाण्डेले ३० बलमा २७ रन बनाइन् ।

अप्सरी बेगमले ३ तथा अलिशा खादियाले २ विकेट लिइन् । जवाफमा कोशीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १०३ रनमात्र बनाउन सक्यो । कप्तान रुबिना क्षेत्रीले ५८ बलमा ६२ रन जोडे पनि टिमलाई जिताउन सकिनन् । त्यस्तै काजल श्रेष्ठले २९ बलमा २२ रन बनाएकी थिइन् । इन्दू प्लेयर अफ द फाइनल भइन् । प्रतियोगितामा अपराजित रहँदै एपीएफ उपाधि जित्न सफल भएको हो । लिग चरणमा सबै खेल जितेको एपीएफले पहिलो क्वालिफायरमा कोशीलाई नै हराएको थियो ।

एपीएफले लिग, पहिलो क्वालिफायर र फाइनल गरी तीन पटक कोशीलाई पराजित गर्दै उपाधि जितेको हो । कोशी प्रदेशले दोस्रो क्वालिफायरमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । इलिमिनेटरमा बागमती प्रदेशलाई हराएको सुदूरपश्चिमले दोस्रो क्वालिफायर खेलेको थियो । लिग चरणमा सशस्त्रले १४, कोशीले १२, सुदूरपश्चिमले १० तथा बागमती प्रदेशले ८ अंक हासिल गर्दै प्लेअफमा पुगेका थिए । मधेस प्रदेश ६, लुम्बिनी प्रदेश ४, गण्डकी प्रदेश २ तथा कर्णाली प्रदेश अंकविहीन हुँदै बाहिरियो । एक विभागीय र सात प्रदेश गरी आठ टिमबीच प्रतिस्पर्धा भएको हो ।

तपाईको प्रतिक्रिया