Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बुधबार अमेरिकी डलरको भाउ बढेको छ। बुधबार एकको खरिददर १३३ रूपैयाँ २ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६२ पैसा कायम गरिएको छ। मंगलबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ८९ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४९ पैसामा कारोबार भएको थियो। अघिल्लोदिनको तुलनामा बुधबार १३ पैसाले बढेको हो।

यस्तै, युरोपियन युरो घटेको छ। आज युरो एकको खरिदमा १४६ रूपैयाँ ३ पैसा र बिक्रीमा १४६ रूपैयाँ ६९ पैसा तोकिएको छ। बुधबार युरो एकको खरिद मूल्य १४६ रूपैयाँ ६७ पैसा र बिक्रीमूल्य १४७ रूपैयाँ ३३ पैसा तोकिएका थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ६४ पैसा बढेको हो। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर बुधबार १६८ रूपैयाँ ५४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३० पैसा तोकिएको छ। मंगलबार पाउण्ड एकको खरिददर १६९ रूपैयाँ १८ पैसा र बिक्रीदर १६९ रूपैयाँ ९५ पैसा कायम गरिएको थियो।

उता, अष्ट्रेलियन डलर एकको खरिददर भने ९० रूपैयाँ ४४ पैसा र बिक्रीदर ९० रूपैयाँ ८५ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने १०० रूपैयाँ २८ पैसा र बिक्रीमा १०० रूपैयाँ ७३ पैसा तोकिएको छ। कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ५० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६६ पैसा कायम हुदाँ राष्ट्र बैंकले आज एक साउदी अरेबियन रियालको खरिदमूल्य ३५ रूपैयाँ ४७ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३८ पैसा र मलेसियन रिंगिट एकको खरिददर बुधबार २८ रूपैयाँ ९० पैसा र बिक्रीदर २९ रूपैयाँ ३ पैसामा काराेबार गर्ने अनुमति दिएकाे छ।

बुधबार कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ६१ पैसा र बिक्रीदर ४३४ रूपैयाँ ५६ पैसा कायम हुदाँ बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ४४ पैसामा काराेबार हुनेछ। त्यस्तै, जापानी येन दशको खरिददर ९ रूपैयाँ ३८ पैसा र बिक्रीदर ९ रूपैयाँ ४२ पैसा रहेको छ

विस्तृतमा :

 

तपाईको प्रतिक्रिया