समाचार सुन्नुहोस :
काठमाडौँ – पछिल्लो २४ घण्टामा गाजा युद्धमा ३१ इजरायली सैनिक घाइते भएका छन । इजरायली सेनाले गाजा पट्टीमा गत २४ घण्टामा ३१ सैनिक घाइते भएको जनाएको हो ।
सेनाले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार अक्टोबर ७ मा गाजा द्वन्द्व सुरु भएयता ५०७ सैनिक मारिएका छन् भने २ हजार २६५ जना घाइते भएका छन् । अक्टोबर ७ बाट सुरू भएको आक्रमण पछि कम्तिमा ९८३ सैनिक घाइते भएका छन्।