Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौं  – रूस युक्रेन युद्धमा थप एक जना नेपाली मारिएका छन्। रुस–युद्धमा सहभागी स्याङ्जा वालिङका २३ वर्षीय हरि अर्यालको मृत्यु भएको वडा नम्बर १४ का अध्यक्ष राजु कुँवरले पुष्टि गरेका हुन्।

‘मलाई सरकारी संयन्त्रबाटै वालिङ–१४ का हरि अर्यालको मृत्यु भएको र आवश्यक कागजात पठाइन लागेको जानकारी आएको थियो,’ वडाध्यक्ष कुँवरले भने। यद्यपि परराष्ट्र मन्त्रालयले भने यसको जानकारी दिइसकेको छैन।

वडाध्यक्ष कुँवरका अनुसार २८ डिसेम्बर १२ पुसमा मृत्यु भएको हो । करिब दुई महिनाअघि अर्याल दुबई हुँदै रुस गएका थिए । नेपाली सेनामा काम गरेको ३ वर्षपछि जागिर छाडेर अर्याल रुस गएका थिए ।

 

 

तपाईको प्रतिक्रिया