Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानमा गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या ४८ पुगेको छ । इशिकावा तटीय क्षेत्रका अधिकारीहरूका अनुसार हालसम्म कम्तीमा ४८ जनाको ज्यान गएको पुष्टि भएको छ । ज्यान गुमाएकाहरू सबै जापानको उत्तर पश्चिममा पर्ने इशिकावा तटीय क्षेत्रका हुन् ।

उक्त स्थान सोमवार गएको ७.६ म्याग्निट्यूडको भूकम्पको केन्द्रबिन्दु रहेको थियो । जापानका प्रधानमन्त्री फुमियो किसिदाले उक्त भूकम्पले व्यापक क्षति गराएको र कैयौँ हताहत बनाएको बताएका छन् । भूकम्प प्रभावित क्षेत्रमा खोजी र उद्धारकार्य जारी रहेको जापानका प्रधानमन्त्रीले जनाएका छन् । उक्त कार्यका लागि जापानको सुरक्षा फौज अर्थात् देशको सेना सरहको एसडीएफका करिब १ हजार सदस्य खटिएका छन् ।

क्षति पुगेका गाउँहरूमा पुग्न समय लाग्न सक्ने बताइएको छ । प्रधानमन्त्री किशिदाले केही बाटो अवरुद्ध रहेका कारण उद्धारकर्मीहरूलाई क्षति पुगेका घरमा फसेका मानिसहरूसम्म पुग्न समय लाग्न सक्ने बताए । तर सहायता आउँदै गरेको भन्दै मानिसहरूलाई आश्वस्त रहन पनि उनले भनेका छन् । तटीय क्षेत्रमा बस्ने हजारौँ मानिसहरूलाई उक्त क्षेत्रबाट त्यहाँभन्दा माथिल्लो भूभागमा जान यसअघि भनिएको थियो ।आफ्नो घरबाट अन्यत्र गएका मानिसहरूले आश्रयस्थलहरूमा रात बिताएका छन् । सेनाले घर छोडेर अन्यत्र आश्रय खोज्नु परेकाहरूलाई खाद्यान्न, पानी र ब्ल्याङ्केटहरू उपलब्ध गराएको छ । जापानको मौसम विज्ञान विभागले सोमवारको ७.६ म्याग्निट्यूडको भूकम्पपछि सुनामीबारे दिइएका चेतावनीहरू हटाएको सरकारी सञ्चारमाध्यम एनएचकेले जनाएको छ ।

तपाईको प्रतिक्रिया