Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा(माओवादी केन्द्री)ले समग्रमा विशेष रूपान्तरण अभियान उत्साहजनक भएको बताएको छ । पार्टीले सञ्चालन चारमहिने विशेष रूपान्तरण अभियान समापनको विषयमा प्रचार विभागले मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी अभियान सफल भएको निष्कर्ष निकालेको हो ।

‘विशेष रूपान्तरणले साङ्गठनिक गतिशील भएका छन् । संगठन नबनेको ठाउँमा संगठन बनेको छ । निष्क्रिय भएको ठाउँमा सक्रिय भएको छ । पार्टीबाट पलायन हुने क्रम रोकिएको छ । अन्य पार्टीबाट माओवादी प्रवेश गर्नेको सङ्ख्या बढ्दै गएको छ । पार्टीमा नयाँ आशा र उत्साह पैदा भएको छ । जनता माओवादीमा फर्किएका छन्’, प्रवक्ता अग्निप्रसाद सापकोटाले भने ।

सापकोटाले यो अभियानले जनतामा आशा र उत्साह देखिएको बताए । ‘अभियानले पार्टी एक भएको छ, नयाँ आशा र उत्साह देखिएको छ । जनता हामीतिर फर्किएका छन्’, उनले भने, ‘जनताका गुनासा र आशा छन् तर यसलाई निरन्तरता दिनुपर्ने माग पनि गरेका छन् ।’

सापकोटाले अभियानबाट पार्टीभित्रको अन्तर्विरोध सतहमा आएको बताएका छन् । अभियानले नेताहरूको मूल्याङ्कन गर्ने आधार बनेको उनको भनाइ थियो । ‘अभियानले पार्टीभित्रको अन्तर्विरोध सतहमा आएको छ । जनवर्गीय र मोर्चामा पनि त्यस्तै भएका छन् । धेरै अन्तर्विरोध हल हुँदै गएको छ । मूल्याङ्कनको आधार धेरै राम्रो भएको छ’, उनले भने, ‘तर जति तयारी गर्नुपर्ने थियो, त्यो भएन । विचार, कार्यदिशा तय गरी समाजवादी विचारधारको आधार तय गर्नुपर्थ्यो अभियानमा त्यसो भएन ।’

तपाईको प्रतिक्रिया