Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गत शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाका विषयमा संसदीय समितिले भौतिक पूर्वाधारमन्त्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको भूमिका छानबिनका गर्न सरकारलाई निर्देशन दिएको छ। हिजो सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र श्रममन्त्री शरदसिंह भण्डारीको भूमिका छानबिन गर्न सरकारलाई राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिएको हो।

बालकुमारीमा गोली चलेको घटनामा दुई मन्त्रीको भूमिबारे छानबिन गर्न समितिका सभापति रामहरी खतिवडाले निर्देशन दिएका छन्। उनले समितिको निर्णय सुनाउँदै भने, ‘उक्त घटना घट्नुमा श्रम रोजगार तथा सामाजिक मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय÷मन्त्रीको भूमिकाबारेमा समेत छानबिन गर्न निर्देशन दिने।’

त्यस्तै, मृतकका परिवारलाई थप राहत र रोजगारीको व्यवस्था गराउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ।

तपाईको प्रतिक्रिया