Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले हिजो शोमबारदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । जसबाट सरकारी कोषमा वार्षिक ६० लाख रुपैयाँ बचत हुनेछ । खाजाबापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करिब रु. ६० हजार खर्च हुने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले सोमबारदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साना विषयबाटै सुधारको थालनी गर्नुपर्ने भन्दै खाजा खर्च कटौती गरेको जानकारी गराएका थिए ।

प्रधानमन्त्रीले आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा गत १० पुसमा सम्बोधन गर्दा कार्यशैली बदल्ने र प्रधानमन्त्री कार्यालयबाटै सुशासन थाल्ने घोषणा गरेअनुसार उक्त निर्णय भएको प्रेस सल्लाहकार आचार्यले बताए ।

तपाईको प्रतिक्रिया