Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौं  – अर्जेन्टिनी कप्तान लियोनल मेसी सन् २०२३ को गुगलमा सबैभन्दा धेरै खोजिएका खेलाडी बनेका छन् । अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई सन् २०२३ मा गुगलमा मासिक एक करोड ८० लाख ४० हजार पटक खोजिएको थियो । मेसी हाल अमेरिकी मेजर लिग सकर क्लब इन्टर मियामीमा अनुबन्धित छन् ।

यो सूचीको दोस्रो स्थानमा पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो छन् । गएको वर्ष गुगलमा रोनाल्डोलाई मासिक औसत एक करोड ५० लाख २० हजार पटक खोजिएको थियो । रोनाल्डो हाल साउदी अरेबियन क्लब अल–नासरबाट व्यावसायिक फुटबल खेलिरहेका छन् ।

यस्तै, तेस्रो स्थानमा पीएसजीका फरवार्ड काइलियन एमबाप्पे छन् । एमबाप्पे वर्ष २०२३ मा मासिक औषत एक करोड २० लाख ५० हजार पटक गुगलमा खोजीका थिए । यो सूचीको चौथो स्थानमा म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हाल्यान्ड र पाँचौँ स्थानमा ब्राजिलका फरवार्ड नेइमार छन् । गत वर्ष हाल्यान्ड गुगलमा मासिक औषत एक करोड १० लाख ७० हजार पटक र नेइमार एक करोड ८० पटक खोजिएका थिए ।

तपाईको प्रतिक्रिया