Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – ‘नेपाली टोपी: नेपाली पहिचान’ भन्ने मूल नारासहित सोमबार ११ औँ नेपाली टोपी दिवस मनाइएको छ। जागरुक युवा अभियान नेपालले हरेक अंग्रेजी नयाँ वर्षको अवसर पारेर ११ वर्षदेखि नेपाली टोपी दिवस मनाउँदै आइरहेको छ। विगतमा झैँ यस पटक पनि पुस १६ गते अर्थात् जनवरी १ तारिखका दिन बिहान ८ बजेदेखि वसन्तपुरमा भेला भएर कार्यक्रम गरिएको हो।

सदियौंदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउने गरिएको छ।

नेपालीलाई चिनाउँदै आएको ढाकाटोपी र भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न संस्थाले सरकारसँग माग गरेको छ। नेपाल बहुजातीय र बहुसांस्कृतिक मुलुक भएकाले यहाँ थुप्रै जातीय टोपीहरु पनि छन्। त्यसैले ती टोपीहरुको संरक्षण र प्रवर्द्धनमा ध्यान दिन पनि सरकारसँग जगारुक युवा अभियान नेपालले माग गरेको छ।

तपाईको प्रतिक्रिया