Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसले आज राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउँदै छ । कांग्रेसले हरेक वर्ष पुस १६ गते राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउदै आएको छ । दिउसो १ बजे प्रज्ञा भवन कमलादीमा आयोजना हुने दिवसका लागि कांग्रेसले विभिन्न राजनीतिक दलका नेता सहितका उच्च प्रतिष्ठित व्यक्तिलाई निम्तो गरेको छ । दिवसमा लोकतान्त्रिक आन्दोलनमा योगदान पु-याएका तथा बृहत् शान्ति सम्झौताका पक्षधर राजनीतिक दलका शीर्ष नेताको उपस्थिति रहने पार्टीका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए ।

४८ औँ राष्ट्रिय एकता र मेलमिलाप दिवसमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेतालाई बोलाइएको छ ।कांग्रेसले राप्रपा र रास्वपासहितका दललाई भने निम्तो दिएको छैन । संस्थापक नेता विपी कोइरालाले मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको हो ।

मुलुकको सार्वभौम सत्ता रक्षा गर्न जनताकै बीचमा जानुपर्छ भन्ने सोचका साथ प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका बिपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायतका नेताहरु मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवनपछि भारतबाट २०३३ साल पुस १६ गते स्वदेश फर्किएका थिए ।

 

तपाईको प्रतिक्रिया