Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – युरोपियन यूरोको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले सोमबारको लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियम दर अनुसार आइतबारको कारोबार भन्दा आज यूरोको भाउ घटेको हो।आइतबार यूरो १ को खरिददर १४६ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६१ पैसा थियो। आज १ यूरोको खरिददर १४६ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २८ पैसा तोकिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज (सोमबार) का लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बेलायती १ पाउण्डको खरिददर १६९ रुपैयाँ १२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८८ पैसा तोकिएको छ।

यसैगरी कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा तोकिएको छ। स्वीस फ्रान्क १ को खरिददर १५७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५८ रुपैयाँ ५४ पैसा तोकिएको नेपाल राष्ट्र बैँकले जनाएको छ। कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ३० पैसा निर्धारण भएको छ। त्यसैगरी जापानी येन १० को खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा तोकिएको छ।

 

तपाईको प्रतिक्रिया