Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – काठमाडौंको चाबहिलबाट एक व्यक्तिलाई अपहरण गरी साढे १३ लाख रुपैयाँ असुलेको आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको माकलबारीका ४२ वर्षका तेजमान तामाङ र २६ वर्षका सौगात तामाङ, थलीका ३२ वर्षीय कर्मा छेवाङ थिङ र ३८ वर्षका सम्राट भन्ने वीरे तामाङ छन् । उनीहरू चारै जनाको स्थायी ठेगाना भने सिन्धुपाल्चोक हो ।

चार जनाको समूहले रसुवाका हिस्सीथाया तामाङलाई १० मंसिरमा चाबहिलबाट अपहरण गरेका थिए । जबरजस्ती ट्याक्सीमा राखेर जंगलको बाटो हुँदै राति गागलफेदीको होटलमा राखेका थिए । हिस्सी थाया तामाङको चेक प्रयोग गरेर १३ लाख ५० हजार निकालेपछि उनलाई छाडेका थिए । उनीहरूबाट छुटेपछि तामाङले दिएको उजुरीका आधारमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो ।

हिस्सी हाइड्रोपावर कम्पनीमा काम गर्थे । उनीसँग चिनजान भएको व्यक्तिले नै अपहरण गर्न लगाएको प्रहरीको अनुसन्धानमा खुलेको छ । तर घटनामा मुख्य योजनाकार मानिएका उनीहरू दुई जना भने फरार छन् । पक्राउ परेकाहरूले तामाङलाई अपहरण गरेको र रकम लिएको स्वीकार गरेका छन् ।

चेक साटेर आएको रकम २-२ लाख रुपैयाँ आफूहरूले बाँडेको र ५ लाख रुपैयाँ भने योजनाकारमध्येका एक दावाले लगेको बताएका छन् । यो घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी हरि खतिवडाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया