Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025

काठमाडौं – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अर्का नजिकका साथीको शङ्कास्पद अवस्थामा मृत्यु भएको छ । ४६ वर्षीय सांसद भ्लादिमिर एगोरोभको शव बिहीबार दिउँसो टोबोल्स्क सहरमा उनको घरमुनि फेला परेको थियो । रुसी समाचार एजेन्सी तासको रिपोर्ट अनुसार एगोरोभ झ्यालबाट तल खसेका थिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

एगोरोभ केही समयअघि भ्रष्टाचारको आरोपमा पक्राउ परेका थिए । पछि उनी निर्दोष साबित भए । सेप्टेम्बर २०२२ देखि, पुटिन नजिकका ७ नेताहरूको शङ्कास्पद परिस्थितिमा मृत्यु भएको छ । जसमध्ये ४ जनाको घरको छत वा झ्यालबाट खसेर मृत्यु भएको छ ।

एगोरोभले केही दिनअघि मात्रै पुटिनसँग भेट गरेका थिए । उनी पश्चिमी साइबेरियाको टोबोल्स्क शहरमा बस्थे । उनको घर एउटा बहुतले भवनको तेस्रो तल्लामा थियो । उनको शव बिहीबार दिउँसो घरमुनि फेला परेको थियो । प्रहरीले इगोरोभको मृत्युलाई शङ्कास्पद मान्दै घटनाको अनुसन्धान विशेष अपराध एकाइलाई जिम्मा दिएको छ ।

एक स्थानीय मिडिया च्यानलका अनुसार, एगोरोभलाई उनको मृत्यु हुनु अघि हृदयाघात भएको थियो, तर उनी कसरी झ्यालमा पुगे र तल खसे ? यस सम्बन्धमा तस्बिर अझै स्पष्ट भएको छैन । यसको एउटा कारण झ्यालको उचाइ भुईँबाट करिब ५ फिट रहेको र बेहोस अवस्थामा पनि त्यहाँबाट खस्नु सम्भव नदेखिने मिडिया रिपोर्टमा बताइएको छ ।

उनी पेशाले एक वकिल थिए । २०१६ मा, उनी शहर प्रशासन प्रमुख निर्वाचित भएका थिए । त्यसपछि उनीमाथि भ्रष्टाचारको आरोप लागेको थियो । विपक्षीले एगोरोभविरुद्ध ठोस प्रमाण दिन नसकेका कारण उनलाई पछि अदालतले सफाइ दिएको थियो । यसपछि उनी पुटिनको युनाइटेड रसिया पार्टीमा सामेल भए र पछि सांसद बने । उनलाई पुटिनका सबैभन्दा भरपर्दो सांसद मानिन्थ्यो ।

यस अघि पुटिनका नजिकका साथी सेप्टेम्बर २२ मा रेभिल मेगानोभ, जो रुसको सबैभन्दा ठूलो तेल कम्पनी लुकोइलका अध्यक्ष पनि थिए, उनको अस्पतालको छैटौँ तलाबाट खसेर उनको मृत्यु भएको थियो । २०२३ को फेब्रुअरीमा रुसी सेनामा अफिसर रहेकी पुटिनकी सल्लाहकार मरिना यान्किनाको पिटर्सबर्गस्थित आफ्नो अपार्टमेन्टको १६ औँ तलाबाट खसेर मृत्यु भएको थियो ।

त्यसपछि २०२३ को अप्रिलमा शीर्ष सरकारी ऊर्जा कम्पनीका प्रमुख र पुटिनको नातेदार इगोर कुरोको घुस लिएको आरोपमा जेल गएको चार दिनपछि जेलमै मृत्यु भएको थियो । त्यस्तै २०२३ को मे मा पुटिन सरकारमा उपविज्ञान मन्त्री योतार कुचेरेन्को बैठकबाट फर्कने क्रममा विमानमै बिरामी परेर मृत्यु भएको थियो । उनले युक्रेन युद्धको विरोध गरेको बताइएको थियो । त्यसपछि २०२३ को जुनमा रुसी बैंकको उपाध्यक्ष रहेकी २८ वर्षीय क्रिस्टिना भयकोभाको शङ्कास्पद परिस्थितिमा  अपार्टमेन्टको ११ औँ तलाबाट खसेर मृत्यु भएको थियो ।

त्यस्तै पुटिनका नजिकका वाग्नर प्रमुख येवगेनी प्रिगोजिनले पुटिनविरुद्ध युद्धको घोषणा गरेपछि गत अगस्टमा मस्को र सेन्ट पिटर्सबर्गबीचमा विमान दुर्घटनाग्रस्त हुँदा मृत्यु भएको थियो । प्रिगोजिन पनि धेरै कमाण्डरहरुसंगै मारिएका थिए ।

तपाईको प्रतिक्रिया