Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – गैरआवासीय नेपाली संघले दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतका भाषा परीक्षार्थी र प्रहरीबीच ललितपुरको बालकुमारीमा शुक्रबार (२९ डिसेम्बर २०२३) भएको झडपमा दुई युवकको निधन भएकोप्रति दुःख व्यक्त गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै संघका प्रवक्ता फणिन्द्र पन्तले घटनाप्रति दु:ख व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘वैदेशिक रोजगारीको लागि दक्षिण कोरिया जान आवश्यक परीक्षाको तयारी गर्दै गरेका २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहले ज्यान गुमाएको उक्त घटनाले सबै गैरआवासीय नेपालीहरूलाई भावनात्मक चोट पुगेको छ ।’

नेपालमा पर्याप्त रूपमा रोजगारीका अवसर नहुँदा आफू र आफ्नो परिवारको उज्ज्वल भविष्यको लागि दैनिकरूपमा हजारौंको संख्यामा नेपाली युवा विदेशिन बाध्य भएको संघले जनाएको छ । ‘यस्तो परिस्थिति र पृष्ठभूमिमा युवाप्रति सम्बन्धित निकायले देखाउने व्यवहार वास्तवमै संवेदनशील हुन जरुरी छ भन्ने कुरा ग्रहण गर्न संघ नेपाल सरकारसमक्ष अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

नेपालमै थप रोजगारी सृजना गर्न, वैदेशिक रोजगारीमा जाने युवाहरूलाई गन्तव्य मुलुकसम्म पुग्नको लागि स्पष्ट, सरल र सहज वातावरण बनाउन संघ नेपाल सरकारसँग सहकार्य गरी अघि बढ्न सधैँ तयार रहेको पनि संघले उल्लेख गरेको छ। ‘यस्ता अप्रिय घटना फेरि दोहोरिन नदिन र युवाको भावना तथा अपेक्षाप्रति संवेदनशील बन्न पनि संघ हार्दिक अपिल गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया