Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – २७ मंसिरदेखि बन्द रहेको प्याराग्लाइडिङ उडान पोखरामा आइतबारदेखि सुरु हुने भएको छ । फस्ट कम फस्ट सर्भिसका आधारमा अब कम्पनीहरूले आफूले बुक गरेका ग्राहक आफैँले उडाउन पाउने भएका छन् । नेपाल हवाई खेलकुद संस्था (ना)अन्तर्गत पोखराका प्याराग्लाइडिङ व्यवसायी आबद्ध छन् । ‘ना’ले पोखरामा हुने उडानको व्यवस्थापन गर्दै आएको छ । ना, प्याराग्लाइडिङ कम्पनी र प्याराग्लाइडिङ फ्लाइटबीच उडानको विषयमा २५ मंसिरदेखि विवाद सुरु भएको थियो । त्यसपछि पाइलटले २७ गतेबाट उडान नगरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले २९ मंसिरदेखि उडान रोकेको थियो ।

क्यान, ना, कम्पनी र पाइटलका प्रतिनिधिबीच १२ पुसमा भएको सहमतिका आधारमा शुक्रबार क्यानले ‘ना’लाई पत्र पठाउँदै उडान पुनः सुरु गर्न अनुमति दिएको ‘ना’का अध्यक्ष सुनीलबहादुर भट्टराईले बताए । क्यानको शुक्रबारको निर्णयपछि शनिबार ना, प्याराग्लाइडिङ कम्पनी र प्याराग्लाइडिङ फ्लाइटबीच छलफल भएर आइतबारदेखि उडान गर्ने निर्णय भएको उनले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया