Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – ललितपुरको बालकुमारीस्थित प्रदर्शन स्थलबाट पक्राउ गरिएका ७३ जनालाई छोडिएको छ । पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरूलाई छोडिएको हो ।

पक्राउ गरिएकाहरूलाई मुद्दा नचलाउने निर्णय भएको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडी जलाएको र भौतिक सम्पत्ति तोडफोड गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । प्रदर्शनमा प्रहरीको दमनबाट दुई जनाको मृत्यु भएको थियो ।

सरकारले प्रदर्शनका क्रममा ज्यान गुमाएका युवकका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने भएको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले घटनामा मृत्यु भएका दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई प्रति परिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले घटनामा घाइते भएकाहरूको उपचार खर्च सरकारले बेहोर्ने भन्दै शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माकाअनुसार बैठकले घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गरी कारबाही गर्न र भविष्यमा यस्ता घटना हुन नदिने निर्णय समेत गरेको छ ।

तपाईको प्रतिक्रिया