Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतको महाराष्ट्रस्थित छत्रपति संभाजी नगरमा रहेको एक कारखानामा भीषण आगलागी भएको छ । आगलागीमा परी ६ जनाको मृत्यु भएको छ । छत्रपति संभाजी नगरमा रहेको पञ्जा बनाउने कारखानामा आज बिहान भीषण आगलागी भएको अधिकारीहरूले बताएका छन् ।

यस घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वालुज एमआईडीसी क्षेत्रमा रहेको कारखानामा बिहान सवा २ बजेबाट आगलागी सुरु भएको थियो । कारखाना बन्द रहेको र कामदार सुतिरहेको समयमा आगो लागेको बताइएको छ । आगलागीको यकिन कारण भने खुल्न सकेको छैन ।

 

तपाईको प्रतिक्रिया