Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ २५, २०८१
Friday, February 7, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि ललितपुर सिटी एफसीले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ भएको फाइनलमा धनगढी एफसीलाई ३–२ ले हराउँदै ललितपुरले उपाधि उचालेको हो। पहिलो हाफमै खेल बराबरीमा ल्याएको ललितपुरले दोस्रो हाफमा दुई गोल थप्दै ३–१ गोलले अगाडि बढाएको थियो ।

खेलको ३७औँ मिनेटमा ओलावाले हाफिजले धनगढीका लागि गोल गरे पनि अग्रता जोगाउन नसक्दा ललितपुरसँग स्तब्ध बन्यो। पहिलो हाफको इन्जुरी समयमा इमो इजकिएलले गोल गर्दै ललितपुरलाई १–१ को बराबरीमा पुर्‍याए। खेलको ४९औँ मिनेटमा दिनेश हेञ्जनले गोल गरेपछि ललितपुरले २–१ को अग्रता बनायो। लगत्तै खेलको ५७औँ मिनेटमा इमोले व्यक्तिगत दोस्रो गोल गरेपछि खेलमा ललितपुर ३–१ ले अघि बढ्याे।

खेलको ७८औँ मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै धनगढीका अगेमाङ मैदानबाट बाहिरिएपछि धनगढी १० खेलाडीमा सीमित बन्न पुग्यो। खेलको अतिरिक्त समयमा धनगढीका लागि अहमद हिजाजीले गोल गर्दै खेललाई ३–२ को स्थितिमा पुर्‍याए पनि आफ्नो टोलीलाई विजयी गराउन सकेनन्। जितसँगै ललितपुरले ७० लाख रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता धनगढीले २० लाख रुपैयाँमा चित्त बुझाएको छ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया