Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखानामा क्षमताभन्दा बढी वन्यजन्तु राख्नुपर्ने बाध्यता रहेको गुनासो गरेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको २८ वर्ष पूरा गरेको उपलक्ष्यमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै कोषका अध्यक्ष कृष्णप्रसाद ओलीले जावलाखेल चिडियाखाना ६ हेक्टर जमिनमा फैलिएको र अहिले चिडियाखानामा क्षमताभन्दा बढी वन्यजन्तुहरु राख्नुपर्ने बाध्यता रहेको बताएका हुन्।

उनले भक्तपुरको सूर्यविनायकमा १५० हेक्टरमा बनिरहेको चिडियाखाना छिटो बनाइदिन आग्रहसमेत गरे। उनले बाघ, गैंडालगायतका जंगली जनावरको जनसंख्या बढिरहेको र मानव बस्ती पनि बढिरहेकाले जंगली जनावरहरुको संरक्षणस्थल अभाव हुँदै गएको उल्लेख गरे।

जीवजन्तु संरक्षणका लागि फराकिलो ठाउँको आवश्यकता रहेको बताए। उनले एउटा बाघका लागि मात्रै वर्षमा १५ लाख बराबरको रकम आवश्यक पर्ने भन्दै जंगली जनावरको संरक्षण र व्यवस्थापन गर्न जटिल बन्दै गइरहेको बताए।

 

तपाईको प्रतिक्रिया