Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनपछि अभिनेता दयाहाङ राईले घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । उनले यसलाई थप उद्वेलित र आक्रोशित पनि नबनाउन आग्रह गरेका छन् । राईले सामाजिक सञ्जालमा लेखेका छन्,‘जे नहुनु थियो भयो अब यसलाई राजनीतीकरण नगरौँ, युवाहरूमा निरस र आक्रोश आउनु देखिनु तपाईं हामी नै जिम्मेवार हुनुपर्छ यो गाऊँ समाज अनि देशको समस्या हो र हाम्रो समस्या हो । अझ उद्वेलित र आक्रोशित नबनाऊ सत्तापक्ष र प्रतिपक्ष दुवैले होस् पुर्‍याऊ !! ’

इपीएस परीक्षाको बारेमा आन्दोलनरत रहेका प्रदर्शनकारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालको गाडीमा आगजानी गरेका थिए । आन्दोलन चर्किदैँजाँदा प्रहरीको गोली लागेर अछामका वीरेन्द्र शाहको गोली लागेर र दैलेखका सुजन राउतको भागदौडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया