बुधबार, फाल्गुण १६, २०८०
Wednesday, February 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ । स्थानीय सात वर्षीया नन्दनी कुर्मीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर प्रहरीले हत्याराको परिचय खुलाएको छैन । शुक्रवारदेखि हराइरहेकी कुर्मीको शव मर्चवारी–१ इस्लामपुरमा शनिवार बिहान फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहर भट्टका अनुसार कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भट्टले बताए ।

तपाईको प्रतिक्रिया