Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – सङ्घीयता कार्यान्वयन नभए सङ्घर्ष गर्ने चेतावनी दिएका मुख्यमन्त्रीहरू शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’लाई भेट्दैछन्। संघीय सरकारले अझैसम्म अधिकार प्रत्यायोजन नगरेर प्रदेशलाई असहयोग गरेको भन्दै हेटौ‌ंडामा दबाबका कार्यक्रम तय गरेका मुख्यमन्त्रीहरू भेला सकेलगत्तै काठमाडौँ आएका हुन्। सात वटै प्रदेशका मुख्यमन्त्रीहरूले सङ्घीयता कार्यान्वयनमा संघीय सरकार गम्भीर नभएको भन्दै अब पनि बेवास्ता गरेमा संघर्षमा जाने चेतावनी दिएका हुन्।

मुख्यमन्त्रीहरूले प्रहरी समायोजन, संघीय निजामती सेवा ऐन जारी गर्न माग गरेका छन्। प्रदेशले प्रयोग गरिरहेका सरकारी भवन तथा जग्गाको स्वामित्व हस्तान्तरण गर्न, साझा अधिकारका विषयका कानून निर्माणमा सहकार्य गर्न, राष्ट्रिय वनलगायतका प्राकृतिक स्रोतको उपयोग एवम् राजस्व बाँडफाँट, वित्तीय हस्तान्तरण लगायतका माग उनीहरूले अघि सारेका छन्।

 

तपाईको प्रतिक्रिया