Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – जिल्ला अदालतले काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दा दायर गर्ने गौशाला २६ लाई बालिग ठहर गरेको छ । तर, उनीसँग सहमतिबिना शारीरिक सम्बन्ध राखेको भन्दै न्यायाधीश शिशिरराज ढकालले सन्दीपलाई दोषी मानेका छन् ।

अदालतको फैसलामा गौशाला २६ को नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाएर सन्दीपले शारीरिक सम्बन्ध राखेको दलिल गरिएको छ । यसकै आधारका बलात्कार ठहर्याइएको हो ।

१८ वर्षभन्दा मुनिको भएमा सहमतिको सम्बन्ध पनि बलात्कार मानिने कानून छ भने १८ वर्षभन्दा माथिकोलाई जबरजस्ति करणी गरेमा बलात्कार मानिन्छ । सन्दीपले जबरजस्ति करणी गरेको न्यायाधीशले निष्कर्ष निकालेका छन् ।

सन्दीपलाई कतिवर्ष जेल सजाय गर्ने भन्नेबारे निर्णय गर्न अदालतले २५ गते अर्को पेशी तोकेको छ ।

तपाईको प्रतिक्रिया