Deneme Bonusu Veren Siteler
मंगलबार, साउन ०१, २०८१
Tuesday, July 16, 2024

काठमाडौं – उच्च अदालत पाटनले ‘शीप बिल्डिङ’ तर्फ आवेदन दिएका सबैलाई ‘म्यानुफ्याक्चरिङ’ क्षेत्रको काममा कोरिया जान आवश्यक कोरियन भाषा परीक्षा (ईपीएस) मा सहभागी गराउन आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले शुक्रबार आन्दोलनरत सबैलाई परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको उपरजिष्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए ।

‘निवेदकहरूलाई आवेदन फारम भर्नबाट बञ्चित गर्न मनासिब नहुँदा निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई मंसिर १९ गतेको सूचना बमोजिम पुस २ बाट खुला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फाराम भर्न दिनु दिलाउनु भनी विपक्षीहरूको नाममा उच्च अदालतले अन्तरिम आदेश जारी गरिदिएको छ,’ न्यायाधीश ज्ञवालीले जारी गरेको आदेशमा उल्लेख छ ।

ईपीएस परीक्षामा सहभागी हुन नपाएको भन्दै शुक्रबार ललितपुरको ग्वार्कोमा प्रदर्शन भएको छ । त्यसक्रममा ग्वार्कोमा ईपीएस परीक्षार्थीहरूले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा २ झ ५९६१ नम्बरको गाडीमा आगजनी भएको थियो । त्यसपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र साह छन् । सुजनको छातीमा डाम देखिएको छ । उनको किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । वीरेन्द्र साहको भने पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए । यस घटनामा प्रहरीले ५४ जनालाई पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया