Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – संसारमै निकै कम अपराध हुने देशमा पर्छ, जापान । तर, पछिल्लो समयमा जापानमा अपराधका घटनामा तीव्रता आएको छ । यति मात्रै होइन, जापान वृद्धवृद्धाका लागि निकै खतरनाक बन्दै गएको तथ्य बाहिर आएको छ ।

निरन्तर घट्दो जनसंख्याको दबाबमा रहेको जापानमा वृद्ध जनसंख्या अर्को बोझ बनेको छ । यतिसम्म कि जापानमा आफ्नै छोराछोरी पनि वृद्धावस्थामा पुगेका आमाबाबुका लागि खर्च गर्न चाहँदैनन् । यसै कारण पछिल्लो एक दशकदेखि हरेक आठौँ दिन एक वृद्धको हत्या हुने गरेको तथ्य बाहिर आएको छ ।

जापानको साढे १२ करोड जनसंख्यामध्ये ३ करोड ६० लाख अर्थात् करिब २९ प्रतिशत जनसंख्या ६५ वर्षमाथिको छ । अमेरिका र चीनपछि विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापानमा आर्थिक कारणले नै ठूलो संख्यामा वृद्धवृद्धाको हत्या हुने गरेको पाइएको हो ।

सन् २०११ देखि २०२१ सम्म १० वर्षको अवधिमा ४४३ वृद्धवृद्धाको हत्या भएको छ । यसरी हत्या भएकामध्ये २०६ जनाको हत्या आफ्नै छोराछोरीले, १३ जनाको दाजुभाइ वा दिदीबहिनीले, ७ जनाको हत्या आफ्नै नाति वा पनातीले र ३ जनाको हत्या नातेदारले गरेको पाइएको छ ।यसरी मारिएकाहरू ६५ वर्षमाथिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, पैसा कमाउन नसक्ने र वृद्धावस्थामा आफ्ना सन्तानको सहारा चाहिनेहरू थिए । तर, जापानमा बढ्दो महँगीका कारण हेरचाह खर्च उठाउन कठिन हुँदा हत्याको बाटो रोज्ने गरेको पाइएको छ ।

जापानमा एक थरी मान्छेहरू महँगीका कारण बाबुआमाकै हत्या गरिरहेका छन् भने अर्को थरी बाबुआमाको सेवालाई नै जागिर ठान्छन् र आफ्नै बाबुआमासँग हरेक महिना तलब लिने गर्छन् ।

तेस्रो वर्गका मानिसहरू भने आमाबाबुको सम्पत्तिसँग मतलब पनि राख्दैनन् र उनीहरूको हेरचाह पनि गर्न चाहँदैनन् । पछिल्लो समय जापानले यस्ता सामाजिक बदलावको सामना गरिरहेको छ ।

तर, जापान संसारकै सबैभन्दा बढी महँगी भएको देश भने होइन । जापानको मूल्यवृद्धि दर २.८ प्रतिशत छ । जुन संसारका ठूला र सम्पन्न धेरै देशको तुलनामा निकै कम हो । तर पनि जापानका धेरै युवायुवतीहरू परम्परागत पारिवारिक जिम्मेवारीबाट पन्छिने गरेको पाइएको छ ।

तपाईको प्रतिक्रिया