Deneme Bonusu Veren Siteler
मंगलबार, साउन ०१, २०८१
Tuesday, July 16, 2024

समाचार सुन्नुहोस : 

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश सुष्मलता माथेमाको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको हो । रिट निवेदकमध्येका अधिवक्ता दीपकराज जोशीका अनुसार अहिलेसम्म आदेश आइनसकेकाले अर्को सुनुवाइको मिति थाहा भइसकेको छैन ।

रिट निवेदकले गभर्नर अधिकारीको आधारभूत शैक्षिक योग्यता नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम नभएको जिकिर गर्दै नियुक्ति बदरको माग गरेका छन् । अधिवक्ताहरु दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले गभर्नर अधिकारीको शैक्षिक योग्यता स्नातकमात्रै रहेको भन्दै नियुक्ति बदरको मागसहित बिहीबार रिट दर्ता गराएका थिए ।

 

तपाईको प्रतिक्रिया