Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौं – ललितपुरको बालकुमारीमा रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा एक जनाको मृत्यु भएको छ । गम्भीर घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा किस्ट अस्पतालमा मृत्यु भएको हो । मृतक दैलेखका २३ वर्षीय सुदन राउत रहेको प्रहरीले जनाएको छ ।

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरेका थिए । हाल बालकुमारीको अवस्था तनावग्रस्त छ । त्यहाँ व्यापक सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया