शुक्रबार, फाल्गुण ११, २०८०
Friday, February 23, 2024

काठमाडौं – धरानका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका छन् । केन्द्रले धरानलाई महत्त्व नदिएको भन्दै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर कार्यकक्षबाट हटाएका हुन् ।

उनले कार्यकक्षमा यलम्बरको तस्बिर राखेका छन् । मेयर साम्पाङले बुधबार सामाजिक सञ्जालमा केन्द्र सरकारले धरानलाई महत्त्व नदिएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको तस्बिर राख्ने लेखेका थिए ।

उनले लेखेका थिए, ‘भोलि म राष्ट्रपति र प्रधान मन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्त्व दिन्छ त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु ! जय देश !’

तपाईको प्रतिक्रिया