Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सीमापार आतंकवादलाई प्रायोजित गर्नको लागि परिचित पाकिस्तानले २०१४ पछि यस वर्ष सबैभन्दा धेरै आत्मघाती हमलाहरू सामना गर्नु परेको छ, जसमध्ये झन्डै आधा सुरक्षा बलहरूलाई लक्षित गरिएको समाचारहरूमा उल्लेख छ। पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एन्ड सेक्युरिटी स्टडीज (पीआईसीएसएस) अनुसार यो वर्ष २९ आत्मघाती हमला भएका थिए, जसमा ३२९ जनाको मृत्यु भएको थियो भने ५८२ जना घाइते भएका थिए।

उक्त घटनामा ४८ प्रतिशत मृत्यु भएको छ भने ५८ प्रतिशत घाइते सुरक्षाकर्मीहरूबाट भएको थियो। यो सन् २०१३ यताकै उच्च मृत्युको सङ्ख्या हो । त्यतिबेला ४७ आत्मघाती बम विष्फोटमा ६८३ जनाको ज्यान गएको थियो। अघिल्लो वर्ष, २०२२ को तथ्याङ्कलाई तुलना गर्दा, प्रतिवेदनले आत्मघाती हमलाको संख्यामा ९३ प्रतिशतले बढेको देखाएको छ।

यसबाहेक, कूल आक्रमणको संख्यामा आत्मघाती आक्रमणको घटना २०२२ मा ३ दशमलव ९ प्रतिशतबाट बढेर २०२३ मा ४ दशमलव ७ प्रतिशत पुगेको छ, जसले अवस्थाको गम्भीरतालाई जोड दिन्छ। सबैभन्दा बढी हमलाहरू खैबर पख्तुनख्वा (केपी)मा भएका थिए, जसमा २३ घटनामा २५४ जनाको मृत्यु र ५१२ जना घाइते भएका थिए। केपी भित्र, भर्खरै गाभिएका जिल्लाहरू वा पूर्व संघीय प्रशासित जनजातीय क्षेत्रहरू फाटालेर  आत्मघाती हमलाहरू भएका थिए जसमा ८५ जनाको मृत्यु र २०६ जना घाइते भएका थिए। बलुचिस्तानमा पाँचवटा यस्ता घटना भएका छन् जसमा ६७ जनाको मृत्यु र ५२ जना घाइते भएका थिए।

 

तपाईको प्रतिक्रिया