Deneme Bonusu Veren Siteler
सोमबार, साउन ०७, २०८१
Monday, July 22, 2024

काठमाडौं – कोरियास्थित पानी जहाज बनाउने काम (सिप बिल्डिङ) का लागि दिइएको परीक्षामा तीन हजार ९८९ जना उत्तीर्ण भएका छन् । सिप बिल्डिङमा जानका लागि चार हजार ५४ जनाले परीक्षा दिएका थिए । जसमध्ये ९८.३ प्रतिशत उत्तीर्ण भएका हुन् ।

कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका प्रमुख गुरूदत्त सुवेदीका अनुसार योभन्दा अघि एक हजार जना सिप बिल्डिङमा गइसकेका छन् । सिप बिल्डिङको रोस्टरमा अब ५० जना मात्रै बाँकी छन् । ‘उत्तीर्ण भएकाहरू पनि अब स्वास्थ्य परीक्षणपछि रोस्टरमा रहन्छन्,’ शाखा प्रमुख सुवेदीले भने, ‘उनीहरू रोजगारदाताको छनोटपछि कोरिया जान पाउँछन् ।’

पछिल्लो समय कोरिया रोजगारीका लागि युवाहरूको आकर्षण बढ्दै गएको छ । त्यहाँ पारिश्रमिक तथा सेवासुविधा राम्रो भएका कारण युवाहरूको आकर्षण बढेको सुवेदीको भनाइ छ । ‘सिप बिल्डिङ, कृषि तथा उत्पादन लगायत जुनसुकै क्षेत्रमा काम गर्दा पनि न्यूनतम तलब दुई लाख रूपैयाँ छ । ओभरटाइम तथा अन्य सेवासुविधा थप हुँदा पाँच लाख रूपैयाँ मासिक कमाइ हुन्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया