Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २००६ सालमा पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टीको असली उत्तराधिकारी एकीकृत समाजवादी रहेको जिकिर गरेका छन् । ललितपुरमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै कम्युनिष्ट पार्टीको वास्तविक उत्तराधिकारी भएकाले आफूहरूले १० औं महाधिवेशन गर्न लागेको बताए । उनले नेकपाको निरन्तरता रहेकै कारण १०औं राष्ट्रिय महाधिवेशन आयोजना गर्न लागिएको जिकिर गरेका छन् ।

उनले भने, ‘हामी नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशन आयोजना गर्ने बिन्दुमा उभिएका छौं । हामीले १० औं महाधिवेशन किन भनिरहेका छौं भने नेपाल कम्युनिष्ट पार्टी जुन २००६ सालमा स्थापना भएको हो । त्यसको उत्तराधिकारी हौं । विभिन्न बेलामा यस्ता समय आएका छन् जतिबेला हामीले नयाँ क्रान्तिकारी धारलाई समात्दै भइरहेको पार्टीबाट विद्रोह गरेर नयाँ पार्टी बनाउन परेको छ’ ।

 

तपाईको प्रतिक्रिया