Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – चार कम्युनिष्ट घटक मिलेर बनेको समाजवादी मोेर्चाको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार दलीय समाजवादी मोर्चाको बैठक सुरू भएको हो। बैठकमा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरु सहभागी छन् ।

लामो समयपछि आज बसेको बैठकमा सरकारले एक वर्षमा गरेका कामको समीक्षा, माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन तथा मोर्चाका आगामी दिनका रणनीतिका विषयमा छलफल भइरहेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरू सहभागी रहेका छन् ।

तपाईको प्रतिक्रिया