Deneme Bonusu Veren Siteler
शनिबार, चैत्र ०१, २०८१
Saturday, March 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – लिभरपुल पुन: इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । गएराति बर्नलीलाई २ –० ले हराउँदै लिभरपुल पहिलो स्थानमा उक्लिएको हो । १९ खेलमा लिभरपुलको ४२ पुगेको छ । एक खेल कम खेलेको आर्सनलको ४० अंक छ ।लिभरपुललाई जीत दिलाउन डार्विन नुनेज र डिएगो जोटाले गोल गरे।

बर्नलीको मैदानमा लिभरपुलले खेल सुरु छैटौं मिनेटमै अग्रता लिएको थियो । खेलको अन्तिम मिनेटमा जोटाले गोल गरेसँगै लिभरपुलको जीत निश्चित भएको थियो। यस्तै, लिगकै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा संघर्षपूर्ण जीत निकालेको छ। रास्मन हइलुन्डको निर्णायक गोलमा युनाइटेडले मंगलबार एस्टन भिल्लालाई ३–२ पुररागमन जीत हासिल गरेको हो ।

युनाइटेडको लागि अर्को २ गोल अलेहान्द्रो गारान्चोले गरेका थिए । एस्टन भिल्लाका लागि लियन्डर डेन्डोन्कर र जना मिक्गिनले गोल गरेका थिए । भिल्लाले २१ औं मिनेटमा मिक्गिनको गोलबाट अग्रता लिएको थियो । २६औं मिनेटमा डेन्डोन्करले गोल गरेपछि घरेलु टोली २–० ले पछि परेको थियो । दोस्रो हाफमा अर्जेन्टिनी गोरान्चाले २ गोल गरेपछि युनाइटेड खेलमा फर्केको थियो।

८२ औं मिनेटमा हइलुन्डले प्रिमियर लिगमा आफ्नो पहिलो गोल गरेपछि युनाइटेडले खेल जितेको हो । अंक तालिकाको छैटौं स्थानमा उक्लिएको युनाइटेडको १९ खेलबाट ३१ अंक पुगेको छ । तेस्रो स्थानको भिल्लाको ३९ अंक छ ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया