Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतीय प्रहरीले लागूऔषधसहित पक्राउ गरेका दुई नेपालीमध्ये एक जना प्रहरी हिरासतबाट फरार भएपछि ४ भारतीय प्रहरी निलम्बनमा परेका छन् । हिरासतबाटै अभियुक्त भागेपछि बिहारको पूर्वी चम्पारणका एसपी कान्तेस कुमार मिश्राले दुई सब इन्स्पेक्टरसहित चार जनालाई निलम्बन गरेको भारतीय संचारमाध्यामले जनाएका छन् ।

प्रहरी कार्यालयका स्टेसन हाउस अफिसरलाई कारण देखाऊ नोटिस पनि पठाइएको छ । नेपालको पर्सा जिल्ला घर भएका सुदर्शन साह र लालबाबु ठाकुरलाई रामगर्वाह प्रहरीले हरिशंकर वर्मा कलेज नजिकैबाट ७.४७ केजी गाँजासहित पक्राउ गरेको थियो ।

‘दुई जनलाई मोतिहारीमा अदालतसामु उपस्थित गर्नका लागि लैजाँदै गर्दा सुगौलीमा दुईजना भागेका थिए । दुईमध्ये ठाकुरलाई पक्राउ गरिए पनि साह भने त्यहाँबाट फरार भएको प्रहरीले जनाएकोछ । निलम्बनमा पर्ने प्रहरी अधिकारीहरूमा अस्लम अन्सारी र हरेकृष्ण सिंह यादव तथा कन्सटेबलद्वय चन्दन कुमार र शालिग्राम कुमार छन् ।

दुई नेपालीलाई अदालतमा हाजिर गराउन सरकारी गाडीमा मोतिहारी लैजाने जिम्मेवारी एसआई अस्लम अन्सारी, एसआई हरेकृष्ण सिंह यादव, प्रहरी जवान चन्दनकुमार र प्रहरी जवान शालिग्राम कुमारलाई दिइएको थियो ।

 

तपाईको प्रतिक्रिया