Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिणाममुखी काम गर्न नसके पदमा नबस्ने दाबी गरेका छन् । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उनले देशमा सकारात्मक आशा जगाउन नसके आफूले पनि पद ओगटिरहन नमिल्ने बताएका हुन् ।

उनले मन्त्रीहरूलाई पनि कार्यक्षमता प्रमाणित गर्न नसके पद छाड्नुपर्ने बताए । ‘मन्त्रीहरूलाई भन्न चाहन्छु हामीलाई असफल हुने छुट छैन । कार्यसम्पादन कमजोर भएको अवस्थामा कसैलाई माफ गर्ने अवस्था र मनस्थितिमा छैन । हामी सबैले आआफ्नो भूमिका न्याय गर्नैपर्ने नैतिक दबाबमा छौं,’ प्रधानमन्त्रीले भने, ‘कार्यक्षमता प्रमाणित गर्न सकेनौं भने कसैले पनि ठाउँ ओगटिरहनु हुँदैन छाडदिनुपर्छ । यो मैले अरूलाई उपदेश दिएको मात्र होइन, आफैंसँग गरेको वाचा पनि हो । देशमा सकारात्मक आशा जगाउन नसके मैले पनि पद ओगटिरहने जरुरी छैन ।’

पूर्णपाठ :-

तपाईको प्रतिक्रिया