Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सिन्धुलीमा एक महिलालाई अमानवीय यातना दिइएको छ । सिन्धुलीको कमलामाई नगरपालिका-४ का सन्तोष थापाकी श्रीमती शारदा थापालाई बाँधेर कुटपिट गरिएको हो ।

लेनदेनको विषयलाई लिएर शारदालाई पिँढीको खाँबो र बिजुलीको पोलमा बाँधेर कुटपिट भइरहेको भन्ने जानकारी प्रहरीले आइतबार पाएको थियो । त्यसपछि प्रहरीको टोली पुगेर उनका श्रीमान सन्तोषसहित सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी सिलवालले बताए । आइतबार अपराह्न साढे ४ बजे घटनास्थलमा पुगेर प्रहरीले शारदाको पनि उद्धार गरेको हो ।थापाले

गाउँका केही व्यक्तिहरूसँग ऋण लिएका थिए । पहिले जग्गाको कारोबार गर्ने उनको पछिल्लो समय कारोबारमा समस्या आएको थियो । त्यहीबेला श्रीमती शारदाले पनि डिभोर्स गर्नलाई अदालतसम्म पुगेकी थिइन् । त्यसपछि श्रीमान् सन्तोष समेत भएर गाउँका अन्य व्यक्तिहरूले उनलाई बाँधेर कुटपिट गरेको पाइएको एसपी सिलवालले बताए ।

डिभोर्स गर्दा सन्तोषको सम्पत्ति लगेपछि आफूहरूले दिएको रकम फिर्ता नहुने भएपछि स्थानीले शारदालाई कुटपिट गरेको बयान प्रहरीसमक्ष दिएका छन् । जाहेरी आएपछि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया