Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतामा प्रत्यक्ष सकारात्मक प्रभाव पार्नेगरी सरकारले विकास, सेवा र सुशासनको क्षेत्रमा काम गरिहरेको दाबी गरेका छन् । १३१ औँ माओ दिवसका अवसरमा मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

त्यसका लागि आफूले पनि आफ्नो काम गर्ने शैलीमा परिवर्तन गरेको उनले बताए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले आफूले जनतालाई परिणाम दिनेगरी काम गरिरहेको दाबीसमेत गरे ।

आफैँले नयाँ ढङ्गले काम थालिसकेको उनको जिकिर छ । ‘योबीचमा केही न केही रेकर्डहरू त बनेकै छन् । त्यसलाई नजिकबाट नियाल्ने मानिसहरूले देख्नुभएकै छ । अब नयाँ वर्षमा नयाँ ढङ्गले काम गर्ने प्रण गरेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘म आफैँले नयाँ ढङ्गले काम थालिसकेको छु । अबको वर्ष सरकारले प्रदान गर्ने सेवाको क्षेत्रमा, विकासको क्षेत्रमा र सुशासनको क्षेत्रमा केही न केही रेकर्डहरू बनाउँछ, बनाउनपर्नेछ ।’

सरकारले यही वर्ष पनि केही रेकर्डहरू कायम गरेको र त्यसबारे आफूले साँझ गर्ने सम्बोधनमा जानकारी गराउने उनले बताए । दाहाल प्रधानमन्त्री बनेको मंगलबार एक वर्ष पूरा भएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले बेलुका ५ बजे देशवासीका नाममा सम्बोधन गर्दै छन् ।

माओप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री प्रचण्डले दश वर्षे जनयुद्ध र शान्ति कालमा पार्टीमा योगदान पुर्‍याएका नेता कार्यकर्ताहरूको योगदानलाई समेत स्मरण गरे ।

तपाईको प्रतिक्रिया