Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेको अवसरमा उनले आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री दाहालले एक वर्षको अवधिमा भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन सफल भएको दाबी गर्दै आएका छन् । दाहाल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलहरूको समर्थनमा २०७९ साल पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

तर, एमालेसँगको गठबन्धन दुई महिनामै भत्किएपछि दाहालले कांग्रेस, एकीकृत समाजवादी, जसपालगायत दलको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया